चुरे तराई मधेस संरक्षण विकास समितिका पाँच जना पदाधिकारी बर्खास्त
काठमाडौँ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकको निर्णयबाट राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पाँच जना पदाधिकारीलाई बर्खास्त गरेको छ ।
केपी ओली नेतृत्वको सरकार हुँदा नियुक्ती पाएका अध्यक्ष डा. किरण पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोटी, शशीकुमार शर्मा, डाक्टर सुस्मिता ढकाल र भेषराज आचार्य बर्खास्त भएका छन् ।
वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: