Bagmati Samachar Logo

स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ भन्ने आशंका सकियोः माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै स्थानीय तहमा जनप्रतिनिधि विहिन हुने आशंका सकिएको बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भनेर गरिएका आशंकाहरु अब सकिएको बताएका छन् ।

स्थानीय तह जनप्रतिनिधिबीह हुन्छन कि भनेर अनावश्यक आशंकाहरु र भ्रमहरु फैलाइएका थिए । तर, हामीले त्यस्तो हुन दिन्नौं, समयमै निर्वाचन हुन्छ भन्दै आएका थियौं । अब त्यस्ता अनावश्यक आशांकाहरु सकियो, अनावश्यक भ्रमहरु चिरियो’ गुरुङले भने ।

निर्वाचनको मिति घोषणा भएपनि संविधान र निर्वाचन ऐन बाझिएकाले त्यसबारे भने महान्यायधीवक्ताले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन एेन अनुसार चैत ५ गतेभित्र चुनाव गरिसक्नुपर्ने र संविधान अनुसार जेठ ५ गतेपछि मात्रै चुनाव गर्न मिल्ने भएकाले त्यहि सुझाव दिएको पनि उनले बताए ।