Bagmati Samachar Logo

फोनिजको बागमती अधिवेशनको लागि जिल्लास्तरीय उपसमिति गठन

हेटौंडा । आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले फोनिज बागमति प्रदेश अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । फोनिज मकवानपुरको आज बसेको बैठकले आर्थिक व्यवस्थापन उपसमिति, खान–बस्न व्यवस्थापन उपसमिति, अतिथी स्वागत तथा सत्कार उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरेको हो ।

कोषाध्यक्ष सन्देश थिङ्गको संयोजकत्वमा सदस्यहरु नवराज वाइवा, दिल बहादुर तामाङ, मिना श्रेष्ठ र भुवन घलान रहेको आर्थिक व्यवस्थापन उपसमिति ।

अध्यक्ष अशोक सुजन श्रेष्ठको संयोजकत्वमा सदस्यहरु नवराज वाइवा र दिलबहादुर तामाङ रहेको खाना–बस्न व्यवस्थापन उपसमिति, सहसचिव मनिता राना मगरको संयोजकत्वमा सदस्यहरु रुपा गुरुङ्ग र जमुना थिङ्ग रहेको अतिथी स्वागत तथा सत्कार उपसमिति र उपाध्यक्ष नवराज वाइवाको संयोजकत्वमा सदस्यहरु मञ्जरी बलामी र राजकुमार स्याङ्बो रहेको प्रचार–प्रसार उपसमिति गठन गरेको हो ।

अध्यक्ष श्रेष्ठले फोनिज बागमती प्रदेशको दोस्रो अधिवेशन यहि पुष २१ र २२ गते हेटौंडामा गर्ने तय भइसकेकाले उक्त अधिवेशनलाई भव्यताका साथ सफल बनाउन पनि जिल्लास्तरीय उपसमितिहरु गठन गरिएको बताए । अधिवेशनका लागि प्रदेशस्तरीय उपसमितिहरुसंग आज गठित जिल्लास्तरीय उपसमितिले समन्वय गर्ने उनले बताए ।

श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा फोनिज केन्द्रिय प्रतिनिधि सुरेश श्रेष्ठ, प्रदेश प्रतिनिधि मिना श्रेष्ठ , बागमती प्रदेश अनुशासन संयोजक दिलबहादुर तामाङ र जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।