ओली अध्यक्ष बन्न नपाउने भएपछि रातारात विधान शंसोधन
काठमाडौं । नेकपा एमालेको महाधिवेशनबाट अध्यक्षमा केपी ओली पुन निर्वाचित हुन नपाउने भएपछि रातारात विधान शंसोधन गरेको छ । एमालेले २०७८ असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा आयोजना गरिएको विधान महाधिवेशनमा विधानमा प्रस्ट भाषामा उल्लेख गरेको छ कि ‘एउटै पदमा एक व्यक्ति दुईपटकभन्दा बढी उम्मेदवार हुन नपाइने।’
विधानको धारा ६४ (१) मा भनिएको थियो ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवार हुन पाउने छैन।’
तर, शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधानमा भएको यो व्यवस्था शंसोधन गरेको छ । महाधिवेशनको बन्दसत्रले विधानको त्यो व्यवस्था संशोधन गरेर अनुमोदन गरेको छ। अनुमोदन पछि ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छन् ।
किन परिवर्तन गरियो त यो प्रावधान ?
यदि विधानमा भएको व्यवस्था कायम भएको भए ओली अध्यक्षका उम्मेदवार बन्न पाउदैन थिए । तर अब उनी अध्यक्षको उम्मेदवार बन्ने छन् । र संभवत सर्वसम्मत तरिकाले नभए निर्वाचनबाट अध्यक्ष बन्ने छन् ।
दुई पटकभन्दा बढी उम्मेदवार हुन नपाउने विधानको व्यवस्थाले गर्दा ओलीको बाटो छेकेको थियो । किन कि ओली आठौं र नवौं महाधिवेशनमै अध्यक्षको उम्मेदवार भइसकेका थिए।
०६५ फागुन ५ देखि १४ गतेसम्म आयोजना गरिएको एमालेको आठौं महाधिवेशनमा ओलीले झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । नवौं महाधिवेनबाट अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: