माओवादी केन्द्रले देशभरी वडा सम्मेलन गदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार देशभरी पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादीका अनुसार पार्टी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्नेछन् । वडा अधिवेशन शनिबार बिहान ११ बजे उद्घाटन हुने छ ।
देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन हुने छ । सम्मेलन सम्पन्न गर्न माओवादीले हरेक वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।
माओवादीले सदस्यता नवीकरण गर्ने समय थपेर पनि टुंग्याइसकेको छ । माओवादी केन्द्रीयका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको बताएको छ ।
११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: