Bagmati Samachar Logo

यसरी मनाइयो हेटौंडामा छठ पर्ब (फोटो फिचर)

हेटौंडा । मकवानपुरको हेटौंडा स्थित रापती खोलामा छठपर्ब मनाइएको छ । छठ पर्वको पहिलो दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । हेटौंडाको रापतीखोला किनारमा तराइमुल र पहाडी मुलका नागरिकले छठपर्ब मनाएका छन ।

छठ पर्व मनाउन बनाएका नदि छेउका घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् । गत बर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण चाडबाडहरु मनाउन पाएका थिएनन् । यो वर्ष कोरोना भाइरस (कोभिड—१९) संक्रमण जोखिम कम भएकोले हेटौंडाका छठ मनाउन बनाएका घाटहरुमा भक्तजन भिड लागेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन रापती किनारका घाटमा जम्मा भएका थिए ।

आज रातभर रापती खोला किनारमा बनाएका घाटमा पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान नुहाएर चोखो निम्तो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गर्छन । छठ पर्व मनाएमा मनोकांछा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।