१० बुँदे कार्यन्वयन नभएपछि डडेलधुरामा एमाले जिल्ला कमिटी नेकपा एसमा
काठमाडौं । नेकपा एमालेमा असार २७मा भएको १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै डडेलधुराको एमालेको पार्टी जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित हुन थालेको छ ।
एमालेमा १० बँुदे सहमति र जेठ २ मा फर्किन एमाले अध्यक्ष केपी ओली पक्ष सहमत नभएपछि डडेलधुराका एमाले अध्यक्ष डा. तारा जोशीसहित जिल्ला कमिटी नेकपा एसमा समाहित हुने भएको छ ।
डडेलधुराको नेकपा एमालेको जिल्ला कमिटीलाई नेकपा एसमा प्रवेश गराउन अध्यक्ष माधवकुमार नेपाल र पर्यटन मन्त्री प्रेम आलेसहितका नेताहरु आज डडेलधुरा जादैछन् । डडेलधुराका पार्टी अध्यक्ष जोशी दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडि गरेका हुन । उनी एमालेमा घनश्याम भुसाल निकट मानिन्थे ।
उनी २०७५ जेठ २ अघिको एमालेमा अध्यक्ष थिए । एमाले विभाजनपछि ओली पक्षले प्रकाश साउदलाई अध्यक्ष बनाएको थियो ।
पार्टीमा १० बुँदे सहमति भएपछि स्वत आफुले अध्यक्ष हुनु पर्नेमा जोशीको माग थियो । तर ओली पक्षले नमानेपछि उनी नेकपा एसमा समाहित हुन थालेका छन् । मंगलबार भएको एमालेको सुदुरपश्चिम प्रदेश कमिटीको बैठकमा उपाध्यक्ष भीम रावलपनि १० बँुदे कार्यन्वयन नभएको भनेर उपस्थित भएन । उल्टै रावले बैठक अवैधानिक र गुटको संज्ञा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: