माओवादी केन्द्र संगठन विभागको बैठक जारी
काठमाडौं । नेकपा माओवादी केन्द्रको संगठन विभागको बैठक पार्टी कार्यलय पेरिसडाँडामा बसेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा संगठन विभागको बैठक जारीरहेको बताइएको छ । बैठकमा सदस्यता वितरण र नवीकरणबारे छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रको मंसिर ४ गते पालिकास्तरीय सम्मेलन हुने छ । पुसमा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गदै छ ।
माओवादी केन्द्रको संगठन विभाग प्रमुखमा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा छन्।
त्यसैगरी ऊर्जामन्त्री पम्फा भुसाल, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, प्रदेश १ इन्चार्ज राम कार्की, गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे र स्थायी कमिटी सदस्य मात्रिका यादव लगायत ७ भूगोल र ३ गैरभूगोलका प्रदेशका इन्चार्ज सहभागी छन्।
कात्तिक २५ गतेसम्म माओवादीले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरीरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: