एमालेद्धारा १०औं महाधिवेसनका लागि १२ वटा समिति गठन
काठमाडौं । नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन गर्नको लागि विभिन्न १२ वटा समितिहरु बनाउने भएको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज बसेको बैठकले १२ वटा समिति बनाउने निर्णय गरेको हो ।
एमालेको १०औं महाधिवेशन संयोजक रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति लगायतका १२ वटा समिति गठन गरेको छ ।
एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
विभिन्न समितिका संयोजकहरु यी हुन
१.मुल व्यवस्थापन समितिः रामबहादुर थापा
२.प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल
३.जनपरिचालनः सुरेन्द्र पाण्डे
४.प्रचारप्रसारः योगेश भट्टराई
५.स्वास्थ्यः भानुभक्त ढकाल
६. आर्थिकः विष्णु रिमाल
७. मञ्च व्यवस्थापनस् शेरबहादुर तामाङ
८.अतिथि सत्कारः राजन भट्टराई
९.आवास व्यवस्थापनस् कृष्णभक्त पोखरेल
१०.स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
११.यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
१२. खाद्य व्यवस्थापनस् कपिल पोखरेल रपार्वती रावल
प्रतिक्रिया दिनुहोस्: