बागमति प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन राजीनामा
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । प्रदेश सभामा अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गदै राजीनामा दिएको घोषणा गरेकी हुन ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।
उनले संस्कारयुक्त बनौँ, आपसी द्वन्द्वलाई कम गरौं भन्ने मनसायले नै आफूले ‘मार्ग प्रशस्त’ गरेको बताइन्। उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्था अनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेशसभा बैठकलाई जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्: