सर्वोच्च विवादबार ओलीले भने, परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेका देशभरीका पालिकाको अधिवेशन उद्घाटन गदै उक्त कुरा बताएका हुन् । बिहान सर्वोच्च अदालतको विवाद बारे आफु र आफ्नो पार्टी नबोल्ने बताएका ओलीले दिउसो भने परमादेश दिने पाँचै जना न्यायधीहरुले राजीनामा दिनु पर्ने बताएका छन् ।
भर्चुअल रूपमा पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रधानन्यायधीशले मात्र नभएर परमादेश दिने सबैले राजीनामा दिनु पर्ने बताए । उनले परमादेशबाट सरकार बनेपछि सर्वोच्च अदालतमा त्यसको असर देखिएको दाबी गरे ।
न्यायाधीशहरूले क–कसले के गर्नुभएको थियो, अलि खुलेको छ ओलीको भनाइ थियो ।
सरकारमा भाग खोजेर आफ्नो मान्छेलाई मन्त्री बनाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने माग उठिरहेको छ । प्रधानन्यायधीशले मात्र होइन आफ्नो कदमको विरुद्धमा उभिएका पाँचै जनाले राजीनामा दिनु पर्ने ओलीको भनाइ छ । ओलीले जेठ ७ गते दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्चले उल्टाइ दिएको थियो । सर्वोच्च अदालतको उक्त फैसलाप्रति ओली रुष्ट छन् ।
असार २८ मा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्: