माओवादीलाई शान्ति प्रक्रियामा होइन , अन्य दललाई नयाँ धारमा ल्याएका हौः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि शान्ति प्रक्रियामा आएको दाबी गरे । माओवादी हारेर आत्मसमपर्ण गरे नआएको भएर अन्य राजनीतिक दलहरु हाम्रो एजेण्डामा आएको बताएका छन् । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा उक्त कुरा बताएका हुन ।
प्रचण्डले रे को पुस्तकले माओवादी बारेको धेरै कुराहरुको भ्रम तोड्ने बताएका छन् ।
प्रचण्डले भने ‘माओवादीहरु भारतले उत्पादन गरेको हो भन्ने भ्रम फैलाउन एउटा तत्काले निकै कोसिस गरेको थियो, तर, रन्जित रेले त्यसमा प्रष्ट रुपमा त्यो होइन भन्नु भएको छ। अब त्यो भ्रम तोडिन्छ । भारत सरकारको हामीलाई कुनै पनि सहयोग, प्रोत्साहन केही पनि थिएन ।’
प्रचण्डले पुस्तकमा माओवादी विद्रोह र नेपालको शान्ति प्रक्रियाबारेको व्याख्या कसैलाई मन नपरेको हुन सक्ने बताए । उनले भने, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता मन परेको छैन् । अहिले पनि केहि पूर्व कर्मचारीहरुको बोली सुने थाह लाग्छ कि माओवादीले ल्याएको परिवर्तन प्रति कति रिस छ ।’
माओवादीलाई राजनीतिको मुलधारमा ल्याइएको भन्ने मान्यता स्थापित गर्न खोजीएको भए पनि त्यो सत्य नभएको उनले बताए । उनले भने ‘माओवादीलाई मुलधारमा ल्याइएको हो कि देशलाई नै नयाँ मुलधारमा माओवादीले लगेको हो ? को विजेता हो र को पराजित हो राजनीतिक र फौजिरुपले ?’
माओवादीलाई हामीले ठिक गरेर ल्यायौं भन्ने कुरा स्थापित गर्न खोजेपनि त्यो गतल हो । हामीले नयाँ धारमा अरुलाई ल्याएको उनले बताए । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको बताए।
प्रतिक्रिया दिनुहोस्: