एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर सर्ने भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा एमाले कार्यलय सर्ने भएको छ। एमाले र तुल्सीलाल स्मृति प्रतिष्ठानबीच समझदारी भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन् ‘केही समयपछि एमालेको केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू तुल्सीलाल स्मृति प्रतिष्ठानकै भवनबाट हुने छन् ।’ हाल एमालेको केन्द्रीय कार्यालय थापाथलीमा रहेको छ ।
थापाथलीमा व्यापारीको घरमा रहेको पार्टी कार्यलय प्रतिष्ठानमा सर्ने छ । २०७२ सालको भूकम्पमा बल्खुमा रहेको पार्टी कार्यलय भत्केपछि धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा थियो। त्यहाँबाट वैशाख १ गते थापाथली सरेको थियो । तर एमालेले यो ६ बर्षमा बल्खुमा पार्टी कार्यलय निमार्ण गर्न समिति नै गठन गरेपनि भवन निमार्णको काम भने सुरु गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्: