Bagmati Samachar Logo

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एसमामा प्रवेश

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जोशी एमालेका केन्द्रीय सदस्य हुन । १० बुँदे सम्झौता कार्यन्वयन हुन्छ भनेर एमालेमा बसेको तर कार्यन्वयन नगरेपछि एमालेमा फर्केका बताएका छन् । एमाले उपाध्यक्ष भीमबहादुर रावलनिकट मानिने जोशी बिहीबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन । उनी बिहीबार नै नेकपा एसको सातौँ केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।
बझाङ स्थायी घर भएका जोशी झलनाथ खनाल प्रधानमन्त्री हुदा बनमन्त्री बनेका थिए । एमालेमा अन्तर्रसंघर्ष हुदा माधवकुमार नेपाल पक्षमा थिए । तर एमालेबाट पार्टी विभाजन हुदा एमालेमा नै बसेका थिए । विधान महाधिवेशनमा सहभागी भएपछि जोशी नेकपा एसमा नै फर्केका छन् । बिहीबार नेपालले उनलाई माला खादा लगाएर पार्टी प्रवेश गराएका छन् ।

जोशीले बिहीबार नै नकेपा एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका हुन । राजीनामा दिएलगत्तै उनी एकीकृत समाजवादी प्रवेश गरे। १० बुँदे कार्यान्वयन नमा एमालेले चासो नदेखाएकको भन्दै जोशी असन्तुष्ट थिए।

जोशीले ८ र ९ गते बसेको केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।