Bagmati Samachar Logo

एमालेमा उपमहासचिव थपियो, १५ सदस्यीय पदाधिकारी

काठमाडौं । नेकपा एमालेले विधानमा उपमहासचिव हटाएको थियो । तर विधान महाधिवेशनको हलबाट पुन स्थापित गरेको छ । उपाध्यक्षमा पनि वष्ठि पद निमार्ण गरेको छ । यसअघि ३ उपाध्यक्ष राख्ने व्यवस्था गरेको छ ।

सहभागीको सुझावअनुसार वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष रहने विधान महाधिवेशन हलमा उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

१३ पदाधिकारी रहने व्यवस्था गरेको थियो भने अब १५ पदाधिकारीको व्यवस्था विधानमा गरेको छ । उपमहासचिव पद फिर्ता भएपनि एक जनामात्र उपमहासचिवको व्यवस्था गरेको छ ।