मन्त्रीको नाम टुङग्याउन माओवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यलय पेरिसडाँडामा बस्ने छ ।
बुधबार बस्ने स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङग्याउने , १४ गतेबाट सुरु हुन थालेको अखिल क्रान्तिकारीको नेतृत्वका बारेमा पनि निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रले पार्टी सदस्यता नविकरणलेखि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।
पुषमा पार्टीको केन्द्रीय सम्मेलनको मिति तोकेको छ । कार्तिकबाट टोलदेखि स्थानीय तहका सम्मेलन सुरु हुने छन् ।
स्थायी कमिटी बैठकमा सम्मेलनको तयारीका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: