एक हप्ताभित्र सरकारमा जान्छौंः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) एक हप्ताभित्र सरकारमा सहभागी हुने भएको छ। काठमाडौंमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको भवन उद्घाटन गदै अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिटै सरकारमा सहभागी हुने बताए ।
नेकपा एस छिटै केन्द्र र प्रदेशमा सरकारमा सहभागी हुने नेपाल बताए । असोज ५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकपछि मात्र नेकपा एस सरकारमा सहभागी हुने बताए ।
पार्टी कार्यलयमा अध्यक्षको पदभार ग्रहण गर्दै नेपालले आफ्नो नेतृत्वको पार्टी बोलेर होइन काम गरेर देखाउने बताए । उनले भने ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौ । बोलीले जनतालाई अल्मल्याउने होइन व्यवहारले पुष्टि गर्नेछौं। जनतालाई अल्मल्याउन दशथरि कुरा गर्दै हिड्दैनौ।’
आगामी चुनावमा पाँच दलीय गठबन्धन गरेर जाने बताए । तत्काल कुनै पार्टीसँग एकता नगर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: