पौडेल पक्षद्वारा डडेलधुरामा पुन अधिवेशन गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुरामा भएको पार्टीको अधिवेशन अस्वीकार्य रहेको भन्दै पुन अधिवेशन गर्न माग गरेका छन ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको सो पक्षकोे बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य हुन नसक्ने भन्दै पुन अधिवेशन गर्न माग गरेको हो । क्रियाशील सदस्य विवाद समाधान गर्नुको सट्टा अपारदर्शी रुपमा आफ्नै जिल्लामा पार्टी सभापतिले अधिवेशन गरेको आरोप उनीहरुको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले डडेलधुरामा देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहो¥याउन खवरदारी गरेका छन ।
पौडेलले प्रहरी प्रशासन लगाएर डडेलधुरामा अधिवेशन गरेकाले मान्य नहुने स्पष्ट पारे । सुरुवातमै दाँतमा ढुंगा लागेको जस्तो भएको भन्दै पौडेलले पार्टीमा पारदर्शी ढंगले क्रियाशिल सदस्यता बितरण हुन नसकेको बताएका छन् । पौडेल पक्षले पार्टीको स्थापित बिधि र प्रक्रिया बिरुद्ध खुल्ला हस्तक्षेप भएकाले अधिवेशनका दौरानमा लज्जा जनक स्थिीति पैदा भएको ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: