Bagmati Samachar Logo

कम्युनिस्टका नाममा बदनाम सरकार थियो ढल्यो ठिक भयोः खनाल

काठमाडौं नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्टका नामा केपी शर्मा ओलीको नेतृत्वको सरकार बदनाम भएको बताएका छन् । भारतको राजधानी दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएर फर्केका खनालले कम्युनिस्टका नामा सरकार बदनाम भएको र त्यो ढल्यो । ढल्नु नै पर्ने बताएका छन् ।

उनले अझै गठबन्धन जारी राख्नु पर्ने बताए । उनले भने ‘लोकतन्त्रको रक्षा गर्नु छ । लोकतन्त्र, संघीयता गणतन्त्र कलिलो छ । यसलाई बचनाउनु पर्छ । हामीहरुबीच प्रतिस्पर्धा भएपनि सहकार्य अनिवार्य छ ।’

त्रिभुवन विमानस्थलमा पत्रकारसंग कुरा गदै खनालले आफ्नो शल्यक्रिया शतप्रतिशत सफल भएको जानकारी दिए । उनले भने ‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो । अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’

खनालले एमालेबाट पार्टी विभाजन हुनु विद्रोहको संज्ञा दिएका छन् । उनले भने ‘विद्रोह सिर्जनाकोलागि हो , नयाँ बनाउनको लागि हो । नयाँ क्रान्तिकारी हुने हो ।’

उनले निजी स्वार्थ त्याग्नु पर्ने बताएका छन् । उनले भने ‘निजी स्वार्थ त्याग्नु पर्ने,सामूहिकतामा चल्नु पर्ने । समाजको भविश्य उज्वल बनाउनु पर्ने छ ।’

ओलीले पार्टी कब्जा गरेको र भ्रमका खेति भइरहेका बताए । तर ती भ्रमहरु विस्तारै उजाड बन्दै जाने । भ्रमका खेतिमा आफै केहि नहुने दाबी गरे ।

उनले भने ‘भारत जादा भारी मनले गएको थिए । एकताको आह्वान गरेको थिए । सर्वोच्चले ऐतिहाकि फैसला ग¥यो । संविधानको रक्षा गरेको छ । केपी ओलीको सरकार आफैमा निरंकुश थियो । त्यो ढल्नु भनेको मआफैमा निरंकुता ढल्नु हो । अंहकार ढलेको छ ।’
संविधानको मार्गदर्शक अनुसार समाजवादमा जानु पर्छ । समाजवादले नै उज्यालो भविश्य निर्वाण गर्ने खनालले बताए ।