Bagmati Samachar Logo

निर्वाचन आयोगमा कलम चिन्हको एकीकृत र नेकपा लोकतान्त्रिक दर्ता गने दोस्रो पुस्ता हुन्ःमाधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्ह भएको नेकपा एकीकृत र नेकपा लोकतान्त्रिक दोस्रो पुस्ताका नेताहरुले खोलेका बताएका छन् । आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेताप्रति उनले ब्यग्य गर्दै भने ‘उनीहरुले भनेको समयमा पार्टी फुटाएको भए न सांसद पद जोगीन्थ्यो न त पार्टी नै बन्थ्यो त्यसपछि केपी ओलीले जे भन्यो त्यहि मान्नु पथ्र्यो । मैले अहिले नै समय भएको छैन भनेर रोकेको हुँ । तर पार्टी फुटाउने बेला खुट्टा कमाए ।’

नेपालले भने ‘म आज पहिलो पटक खुलासा गर्छु,कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् । आज आएर अर्को पार्टी खोल्न पाइन्छ ? भनेर मलाई भन्ने ? केपी ओलीले बार्ददलीबाट भुकेपछि ज्ञान आयो ?’

नेपालले दोस्रो पुस्ताका नेताहरुले धोका दिएपनि जिल्ला तहका नेताकार्यकर्ताहरु प्रति आफ्नो विश्वास भरोसा रहेको बताए । आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोप लगाए ।

अब नयाँ पार्टी खोलीसकेको र आफु अगाडि बढ्ने बताए । दोस्रो पुस्ताका नेताहरुले खुट्टा कमाएपनि आफू खुट्टा नकमााउने बताए ।
आफूहरुले सांसद पदबाट राजिनामा दिँदा ओली नढल्ने भएकाले विश्वासको मत लिने बेला बहिस्कार गरेको बताए । उनले भने ‘ सडकबाट ओली सरकार ढाल्न सम्भव थिएन । हामीले कांग्रेस र माओवादीसँग मिलेर ओलीलाई ढाल्यौं । सांसद पद बचाएरमात्र ओली सरकार ढाल्न सफल भयौ ।’

माक्र्सले पनि पहिलो इन्टरनेशनल दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरेको उदाहरण दिदै आफूले नेकपा एमाले भंग गरेको बताए । दक्षिणपन्थी केपी ओलीले पार्टी कब्जा गरेकाले आफूले त्यो भंग गरेको बताएका छन् । उनले ओली प्रति इंकित गदै भने ‘कहिलेकहिँ दक्षिणपन्थीले पार्टी कब्जा गर्छन् । माक्र्सले पहिलो अन्तर्राष्ट्रिय दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरे । दोस्रो अन्तर्राष्ट्रिय पनि दक्षिणपन्थीले कब्जा गरेपछि लेनिनले तेस्रो अन्तर्राष्ट्रिय बनाए ।’