Bagmati Samachar Logo

ओलीको भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा आउन नेपालको कार्यक्रतालाई आग्रह

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त भएर नयाँ पार्टीमा समाहित हुन आग्रह गरेका छन् । निर्वाचन आयोगबाट पार्टी दर्ताको मान्यता पाएपछि पहिलोपटकआयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भासमा र प्रतिगामी भएको आरोप लगाए।

ओली दक्षिणपन्थी भासमा फसेको, व्यक्तिवादी ,सरकार संचालनमा असफल भएको, कम्युनिष्ट पार्टी विभाजन गरेको हो । उनले भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु ।’

हजारौं नेता कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ पार्टी ढीला खोलेको बताए । उनले भने ‘हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो, संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं ।’

अहिले संवैधानिक अनुकूलता भएपछि नयाँ पार्टी खोलेको नोपलले बताए। नेपालले भने, ‘संवैधानिक अनुकूलता प्राप्त भयो । एउटा निकास पायौं । हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं ।’

आफ्नो साथ छोडेकाहरु प्रति कुनै गुनासो नभएको उनले बताए । उनले भने ‘कम्युनिष्ट आन्दोलनमा यस्तो हुन्छ । आफुलाई साथ नदिएकामा साथिहरुप्रति खासै गुनासो छैन।’