Bagmati Samachar Logo

एमाले विभाजन पछिको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । अन्त विधिवत रुपमा नेकपा एमाले विभाजन भएको छ । ९ भदौमा एमाले दोस्रो पटक विभाजन भएको छ । विभाजनको नेतृत्व नेता माधवकुमार नेपालले गरेका छन् । नेपाल नेतृत्वको पार्टी ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त दल दर्ता भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले तीनवटा एजेण्डामा निर्णय गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

उनका अनुसार १० बुँदे कार्यान्वयन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन , पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ । पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुलाई कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।