Bagmati Samachar Logo

नेपाल छोडेर ओलीसँग मिल्न गएका मध्यमार्गी नेताहरुलाई खतिवडाले भने पहिलो ट्रेन छुट्यो दोस्रोमा आउनु हुन्छ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित केन्द्रीय सदस्‍य र सांसदहरू पार्टी दर्ताको लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेताहरू चन्द्रागिरिमा केन्द्रीय कमिटीको बैठक सकेर सिधैँ निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले मंगलबा केन्द्रीय कमिटी बैटकबाट पार्टीको विधान र घोषणा पत्र पास गरेका छन् । उनीहरु सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा गएर बसेका थिए ।

निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका नेकपा एकीकृत समाजवादीका नेता जगन्‍नाथ खतिवडाले नेपाल पक्षलाई छोडेर पछिल्‍लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्‍न गएका नेताहरू अवसरवादीको आरोप लगाएका छन् । उहाँहरूको व्यवहारप्रति दुःख लागेको छ तर गुनासो नभएको खतिवडाले बताए । उनले भने ‘धोकेवाजहरुसंग सल्ला गर्नुको कुनै अर्थ नै थिएन । ओलीको व्यवहारले उनीहरू ढिलाचाँडो समाजवादीमा आउने आउछन् । पहिलो ट्रेन छुट्‍यो दोस्रो ट्रेनमा आउनुहुन्छ । ’

निर्वाचन आयोगले आज नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि सशरीर भौतिकरूपमा आयोगमा उपस्थित हुन भनेको थियो । नेपाल पक्षले ४ भदौमा औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।