माधव नेपाल पक्षका नेता चन्द्रागिरि रिसोर्टमा,भोली केन्द्रीय कमिटी बैठक बस्ने
काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको चन्द्रागिरि रिसोर्ट पुगेका छन् । प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित ३१ जना सांसद र केन्द्रीय सदस्य रिसोर्टमा जम्मा भएका एक नेताले बताए ।
चन्द्रागिरि रिसोर्टमा भोली केन्द्रीय कमिटीको बैठक बसेर पार्टी विधान पारीत गरीने एक सांसदले बताए ।
नेकपा एकीकृत समाजवादीको अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गर्ने भनिएपनि भोलीमात्र वितरण गर्ने भएका छन् । विधान अध्ययन पछि छलफल गरेर पास गर्ने केन्द्रीय सदस्य रामकुमारी झाक्रीले बताइन ।
मंगलबार बस्ने केन्द्रीय कमिटीको बैठले प्रस्तावित पार्टीको नयाँ विधान अध्ययन गरेर आएको सुझाव सहित पास गर्ने बताइएको छ । नयाँ पार्टी दर्ताका लागि ९ गते निर्वाचन आयोगमा सनाखत गर्न नेकपा एकीकृत समाजवादीलाई बोलाएको छ । त्यो भन्दा पहिला नै प्रस्तावित केन्द्रीय कमिटीको बैठक बसेर विधान पास हुने बताइएको छ ।
माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार बैठक बसेर बुधबार मात्र सनाखत गर्न आयोग पुग्ने छन् ।
स्रोतका अनुसार चन्द्रागिरि रिसोर्टमा माधव पक्षीय नेताहरुका लागि ६० वटा बेड बुक गरिएको छ।
प्रतिक्रिया दिनुहोस्: