Bagmati Samachar Logo

प्रचण्डको बाबुरामलाई जवाफः माक्र्सवादभन्दा बाहिर गएर हुँदैन, नत्र यता नउता भइन्छ !

काठमाडौं । बाबुराम (भट्टराई)जीले भनेजस्तै विचारको विकास गर्न आवश्यक छ भन्ने कुरामा सहमत छु । तर यस्तो गर्नका लागि कम्युनिस्ट पार्टी, कम्युनिज्म (साम्यवाद) हामीले भन्यौं । के यीसम्बन्धि अवधारणलाई माक्र्सवाद, लेनिनवाद,माओवाद छोड्न आवश्यक छ र ? कम्युनिस्ट पार्टीबाट विदा लिएरमात्र विकास हुने हो र ? यसैमा बसेर विचारको विकास गर्न सकिदैन ?

माक्र्सवाद नभनेर अरु केहि वाद भनेर मात्रै विचारको विकास हुने हो र ? माक्र्स र एंगेल्सले जे भने त्यहि लेनिनले गर्नुभएन । लेनिनले विज्ञान प्रविधिमा आएको परिवर्तनलाई आत्मसाथ गर्नुभएको हो । लेलिनले यान्त्रीक प्रयोग गरेको होइन । बदलिएको विश्व परिस्थिति हेर्नुभयो. । वर्ग संघर्ष, उत्पादन सम्बन्ध र यसमा आएको परिवर्तनलाई आत्मसाथ गर्नुभयो । त्यसमा विकास गर्नुभयो । माक्र्सवादका मुलभूत सिद्धान्त प्रति निष्ठावान रहनुभयो । तर माक्र्सवाद अपुरोअधुरो भयो कहिल्यै भन्नुभएन । माक्र्सवादलाई समर्थन गदै अगाडि बढ्नुभयो । माक्र्सले भनेका केहि अहिले औचित्य रहेन । नयाँ कुरा विकास गर्न आवश्यक छ भन्नुभयो ।

दर्शनशास्त्रको व्याख्या लेनिनले गरे । माक्र्स एंगेल्सको अवसानपछि माक्र्सवादका मूलभूत सिद्धान्तमाथि प्रहार भयो । लेनिनले भौतिकवाद र अनूभवसिद्ध आलोचनाको भूमिकामा भनेका छन् कि एक हजार एक पटक भन्छु माक्र्सवाद पुरानो भयो भन्नेहरुका विरुद्ध कलम चलाउँदै छु ।
चीनमा पनि नयाँ मोडलले क्रान्ति सम्पन्न भएको हो । कृषि प्रधान देशमा नयाँ मोडलको क्रान्ति भयो । माओलेपनि कहिल्यै भनेन् माक्र्सवाद पुरानो भयो भनेर तर त्यसमा समृद्ध बनाए । बरु नयाँ जनवादी क्रान्ति भन्नुभयो नयाँ तरिकाले सम्पन्न गरेको क्रान्तिलाई । माओले विचारको विकास गर्नुभयो । नयाँ मोडेलेको क्रान्तिको विकास गर्नुभयो ।

माक्र्सवादमाथि पटकपटक हमला गर्नेले मानवजातिको विकासमा के योगदान गरेका छन्, केहि देखिँदैन तसामाजिक क्रान्तिको क्षेत्रमा । कम्युनिस्ट पार्टीबाट हुँदैन भन्ने कुरा अथवा समाजवादले केहि हुदैन भन्ने कुरा माक्र्सवादको आधारभूत कुराबाट भड्कने काम हो । विचारको विकास गर्नुपर्छ । समाजावदको मोडेलबाट शिक्षा लिनुपर्छ । तर माक्र्सवादबाट बाहिर जानु क्रान्तिलाई सेवा गर्दैन ।

आफै धेरै नयाँ चिजको खोजी गर्ने नाममा अँध्यारो सुरुङमा त जाँदै छैनौँ । कुहिरोको काग त बन्दैनौँ । चाहना राम्रो हुँदाहुँदै । माक्र्सवादका विज्ञानका आधारभूत कुरामा शंका गर्न थाल्यौ भने । द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिद्धान्तमाथि शंका प्रस्तुत गर्न थाल्यौ भने आफै हराउने त होइनौ ? सबैले सोच्नु पर्ने हुन्छ ।

बाबुरामजीले भने जस्तो गरे न यता नउता भइन्छ । बहस उठाउनुपर्छ । माक्र्सवादको विकास हुनुपर्छ भन्ने ठान्छु । तर माक्र्सवाद लेनिनवादप्रति आशंका पैदा हुनेप्रति सधै चनाखो हुनुपर्छ । खराब र राम्रो विचारबीच द्वन्द्व हुन्छ ।
माक्र्सवाद धर्मशास्त्र जस्तो माक्र्सको पालाबाट नै भएको हो । त्यसलाई जडशुत्रवाद भन्छौ । हामी भन्छौ बुद्ध रहेसम्म घण्टी बजाउने हो भने जस्तो । समय कहाँ पुग्यो । समाज कहाँ पुग्यो । विज्ञान प्रविधिले कति विकास ग¥यो ? यसमा कतै चासो राख्नु हुन्न । अहिलेपनि घण्टी बजाउँदै हुनुहुन्छ ।

(प्रचण्डले राजधानीमा आयोजित माओवादी नेता बामदेव क्षेत्रीको पुस्तक विमोचन गर्ने कार्यक्रममा राखेको मन्तव्यको अंश)