केपी ओलीको गलत विचार र व्यवहारका विरुद्ध विद्रोह होः माधवकुमार नेपाल
काठमाडौं । नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत विचार र व्यहारका कारण विद्रोह गनु परेको बताएका छन् । उनले नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएपछि एक अपिल जारी गदै उक्त कुरा बताएका हुन ।
उनले भनेका छन् ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको हो। नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको हो ।’
२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर पार्टी विभाजन जस्तो कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि नयाँ पार्टी बनाउन बाध्यकारी कदम उठाउनु परेको दाबी गरेका छन् ।
उनले भनेका छन् ‘हामी देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायीत्वबाट पन्छिन सक्तैनौ । हामी आफ्नो राष्ट्र र जनताप्रतिको कतव्र्य पालनाबाट विमुख हुन पनि सक्तैनौ । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेको देश र जनताप्रतिको सेवाभाव , राष्ट्रिय स्वतन्त्रता र स्वाभीमानप्रतिको दृढ अडान, स्वच्छ सस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौ ।


प्रतिक्रिया दिनुहोस्: