भीम रावल, गोकर्ण विष्ट र योगेश भट्टराईले छोडे नेपालको साथ
काठमाडौं । भीम रावल, योगेश भट्टराई र गोकर्ण विष्टले नेता माधवकुमार नेपाल पक्षको साथ छोडेका छन् । जब कि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा सबै भन्दा बढी आलोचना गर्नेमा रावल, विष्ट र भट्टराई थिए । जब कि ओलीले विष्टलाई मन्त्रीबाट नै हटाएका थिए । जब कि रावलले ओलीलाई विदेशीसंग मिलेर संसद विघटन गरेको आरोप लगाउदै आएका थिए । ट्टराईले ओलीले पहिलो पटक संसद विघटन गर्दा मन्त्री पदबाट नै राजीनामा दिएका थिए ।
रावले र विष्ट २२ साउनमा बसेको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । मंगलबार भएको छलफलमा मात्र रावलले नेपालसंग असहमति राख्दै बैठकबाट निस्केका थिए ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।
नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरु बानेश्वरस्थित अर्याल होटलमा बैठक जारी छ ।
नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुल्ला किताब प्रस्ताव गरेको छ। प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: