Bagmati Samachar Logo

देउवालाई ओलीले भने एमालेका मान्छेलाई मन्त्री बनाइ दिनुस्

काठमाडौ । एमाले दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका केहि नेताहरुलाई मन्त्री बनाइ दिन आग्रह गरेका छन् । उनले बरु आफु घाटा सहने तर एमालेका केहि नेताहरुलाई मन्त्री बनाउन आग्रह गरे । उनले भने‘ मेरो पार्टीका मान्छे पाउला र खाउला भनेर तपाईको पछाडि लागेका छन् मन्त्री दिनु होस् । म बरु घाटा सहुँला ।’
उनले माधवकुमार नेपाल पक्ष प्रति ब्यङग्य गदै प्रधानमन्त्री शेरबहादुर देउवाको पछि हस्याङ फस्याङ गदै दगुरेको आरोप लगाए ।
उनले देउवालाई भने ‘पछाडि त लगाउनु भएकै छ । अब मन्त्री बनाएर उनको इच्छा पुरा गरी दिनु होस् । उनीहरुको घिटघिटी पुरा हुन्छ ।’