ओलीका कारण एकता रोकियोः भिम रावल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकता रोकिएको बताएका छन् । एमाले एकता गर्न गठित कार्यदलका नेपाल पक्षका संयोजक समेत रहेका रावलले ओलीका कारण ओली पक्षका नेताहरु हैरान भएका र ओली भने एकताका पक्षमा नरहेको बताएका छन् ।
बिहीबारबाट काठमाडौमा सुरु भएको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा उक्त कुरा बताएका हुन । रावलकोा भनाइ भन्दै एक सदस्यले भने‘पार्टी एकता अन्तिम अवस्थामा पुगेको थियो । तर ओलीका कारण सबै भताभुङ भयो । ओलीमा राजनीति संस्कार छैन । आफ्ना सहकर्मीलाई जे पनि भन्छन् । उनले भनेका कुराहरु यहाँ उच्चारण गर्न नमिल्ने खालका हुन्छन् । हामीले त एमाले जोगाउन एकता गर्नु पर्छ भनेका हौ ।’
ओलीको क्षुद्रताका कारण एकता हुन नसकेको उनको टिमको बुझाइ रहेको कुरा रावलले बैठकमा ब्रिफिङ गरेका एक केन्द्रीय नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्: