Bagmati Samachar Logo

माधव नेपाललाई कार्यदलका सदस्यले भनेः अब मिलौ विवाद बढाएर कहिँ पुगिन्न

काठमाडौं । एमालेको विवाद समाधानसम्बन्धी कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई अब धेरै विवाद नगर्न सुझाव दिएका छन्।

मंगलबार विहान नेता नेपाललाई कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव बुझाउन कोटेश्वर पुगेका थिए । भेटेर काईदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओली र नेपालले संवाद बढाएर पार्टी एकताको पहल थाल्न आग्रह गरेका बताइएको छ । नेपाल भेट्न कार्यदलका संयोजकद्धय भीम रावल , सुवास नेम्वाङ सदस्य विष्णु पौडेल गएका थिए ।

‘हामीले अब धेरै संवादविहीन भएन नबस्नुस भनेर माधव कमरेडलाई भन्यौं,’ नेम्वाङले भने,‘अब विवाद बढाए विभाजन बाहेक पुग्ने अर्को ठाउँ छैन।

कार्यदलले आइतबार तयार पारेको पार्टी एकीकरणसम्बन्धी सहमतिको प्रस्ताव सोमबार बालुवाटार पुगेर अध्यक्ष ओलीलाई बुझाएको थियो।

नेपालसहित एमालेका २३ सांसदको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । एमालेमा विवाद भएपछि नेपाल पक्षले देशभरी समानान्तर कमिटी गठन गरेका छन् । आइतबार अबेर राती कार्यदलले एकता सम्बन्धि १० बँुदे प्रस्ताव बनाएको छ ।