एमाले विवाद: दोस्रो तहका नेताहरूको एकता प्रयास असफल
काठमाडौं । नेकपा एमालेलाई एकता गर्ने प्रयास अन्त असफल भएको छ । दोस्रो तहका नेताहरू लामो समयदेखि एमालेको एकता बचाउने भनेर छलफलमा लागेका थिए । तर अदालतको फैसला नआउदासम्म यो प्रक्रियामा विराम लागेको छ ।
अध्यक्ष केपी ओली निकट नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।
नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।
नेपालको भनाइ भन्दै सहभागी एक नेताले भने ‘नेपालले नि:शर्त रूपमा जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको । ओली पक्षबाट एकताका लागि अर्मूत कुरामात्रै हुने गरेको र जेठ २ मा फर्कने चाहाना नै छैन ।’
एकता एकता भनेर मात्रै भन्ने, एकताका लागि मूर्त प्रयासहरु नगर्ने । सधै अमूर्त कुरा गर्ने, अध्यक्ष आफै द्वन्द्व निम्त्याउने गरी अभिव्यक्ति दिने गरेकाले एकता भन्दा पनि भड्काउन खोजेको आरोप नेपालले लगाएका सहभागी नेताले बताए ।
जेठ २ मा फर्कने भनेपछि त्यसमै फर्कनुपर्छ । जुन अहिलेसम्म भएन । अब अदालतमा पुगेको विषयमा अदालतको निर्णय जे आउछ त्यसलाई मानेर जाने कुरा मात्रै हुने , नेपालले बताएका छन् ।
सहभागी ओलीका पक्षका नेताहरूले दुबै नेता मिल्नु विकल्प नभएको सल्लाह दिएको सुवास नेम्वाङले बताए । उनले भने ‘तपाईहरू मिल्नुस्, मिल्नुको विकल्प छैन । अध्यक्षले भेटेर कुरा गर्न खोज्नु भएको छ, तपाईं कुरा गर्नुस् । तर उहाँले कुनै प्रतिक्रिया जनाउनुभएन ।’
ओली पक्षका नेताहरूले अध्यक्षसंग भेटवार्ता गर्ने सुझाव दिदा, नेपालले वार्तामा रहेका अन्य नेताहरुसँग समेत सल्लाह गरेर खबर गर्ने जानकारी दिएका छन्।
नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्: