Bagmati Samachar Logo

ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठक खनाल नेपाल पक्षबाट बहिस्कार

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षलेले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बहिस्कार गर्ने भएका छन् ।
जब कि बैठकमा ओली पक्षले कारबाहीमा परेका केही नेता बाहेकका अरु सबै नेतालाई बोलाइएको बताइएको छ । तर एमालेका खनाल नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम आचार्यले आफूहरु त्यस्तो अवैध कमिटीको बैठकमा आफूहरू नजाने बताए । उनले भने ‘जुन कमिटी अबैध छ त्यो कमिटीको बैठकमा जाने कुरा नै भएन । हामीहरू त्यो बैठकमा जादैनौ ।’

ओली पक्षले ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन्। ओली पक्षले एकलौटी रूपमा फागुन २८ मा ११ सय जनाको दसौ महाधविशेन आयोजक कमिटी बनाएका थिए । त्यसको खनाल नेपाल पक्षले विरोध गदै आएको छ ।

ओली पक्षले वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने,केन्द्रीय सदस्य रामकुमारी झाँक्रीसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ। यी नेताहरूलाई भने भोलीको बैठका नबोलाएको बताइएको छ ।

ओली पक्षको कारवाहिमा नपरेका केन्द्रीय सदस्यहरूलाई भने बैठकमा बोलाइएको छ। आचार्यले भने ‘मोबाइलमा खबर आएको छ । तर त्यस्तो बैठकमा हामीहरू जादैनौ । बोलायो भन्दैमा जाने कुरा भएन ।’

आफूहरूलाई त्यो अबैध बैठकमा बोलाइए पनि नजाने केन्द्रीय सदस्य विरोध खतिवडाले बताए । उनले भने ‘त्यो बैठकमा हामीहरू जादैनौ । बोलाएपनि किन जानु त्यस्तो अबैध कमिटीको बैठकमा ।’

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युताइ दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूको मात्रै बैठक बोलाउने गरेका छन्।

वरिष्ठ नेता खनाल र नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएका छन्। तर ओलीले खनाल नेपाल लगायतका ११ जना सांसदलाई पार्टीबाट निकालेका छन्।

जेठ २७ गते सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको छ । ओली अहिले २ जेठ २०७५मा जानेपनि भनिरहेका छन् भने, अदालतले नै अबै ठहराएको कमिटीको बैठक पनि बोलाइ रहेका छन् ।