भूतपूर्वहरुबीच राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको बताएका छन् । शुक्रबार बालुवाटारमा भएको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।
उनले भने ‘जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिका टिप्पणी गर्ने काममा भएको बताए । हिजो पनि केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्ममा उहाँहरू पुग्नुभयो ।’
बिहीबार प्रतिपक्षी गठबन्धनले सम्पादकसंग गरेको अन्र्तक्रियामा पूर्वप्रधानमन्त्रीहरुले पछिल्लो समयमा राष्ट्रपतिको भूमिकाको आलोचना गरेका थिए । ओलीले राष्ट्रपतिको आलोचना गरेको भन्दै आक्रोस पोखेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए ।
उनले अहिलेपनि बाह्य हस्तक्षेप भएको स्वीकार गरेका छन् । उनले भने ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुनसक्छ । हुने गरेको छ ।’
राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसदमा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने । प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेको भन्दै आक्रोस पोखेका छन् । उनले भने ‘राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजीन्छ। अदालतले त संविधान र कानूनको कुरा गर्ने हो । राजनीतिक होइन ।’
प्रतिक्रिया दिनुहोस्: