संविधानका सबै धारामा एउटै प्रधानमन्त्री कसरी श्रीमान् ?
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धमा परेको रिटमाथिको सुनुवाइ जारी छ ।
बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था भन्दै प्रश्न गरेका छन् ।
‘संविधानका सबै धारामा एउटै प्रधानमन्त्री हुने कस्तो व्यवस्था श्रीमान् ?,? उनको प्रश्न थियो । उनको प्रश्नमा थप प्रश्न गर्दै प्रधानन्यायाधीशले सोधे– उहाँ प्रतिनिधिसभा सदस्यको हैसियतमा हैन ?’
कार्कीले भने–‘धारा ७६(३) को प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छैन । विश्वासको मत लिन सक्नुभएन ।’
कार्कीले केपी ओलीले भाँजो हाल्नमात्रै राष्ट्रपतिकहाँ निवेदन हालेको उनको तर्क थियो ।
‘त्यो गर्न मिल्दैनथ्यो,’ उनले भने, ‘राष्ट्रपतिले पनि हुँदैन भन्न सक्नुपर्थ्यो ।
प्रतिक्रिया दिनुहोस्: