संसद विघटन विरुद्धको बहसः राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्न मिल्छ ?
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि बुधबारबाट बहस सुरु भएको छ।
आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।
बन्दीले प्रश्न गदै भने ‘कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन । जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनुपर्यो भन्न मिल्छ श्रीमान् ?’
बन्दीलाई नै फेरि त्यही बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे– के त्यसो भए ७६(२) मा सरकार बनाउन नसक्नेले ७६(५) अनुसार गर्न मिल्छ त ?’
प्रधानन्यायाधीशको प्रश्नमा बन्दीले भने, ‘७६(२) दलीय आधारमा हो श्रीमान् । तर ७६ (५) होइन ।’
त्यसो भए ५ को प्रक्रिया सुरु गर्ने समय भएको थियो ? प्रधानन्यायाधीशको प्रश्न थियो ।
बन्दीले भने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि पत्र लेखेर सुरु भएको जवाफ दिएका थिए ।
बन्दीले नेकपा एमालेमा माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क अघि सारेका थिए ।
‘माधव नेपालको बहुमत छैन भन्ने राष्ट्रपति को ?’ उनको प्रश्न थियो, ‘राजनीतिक दलसम्बन्धी ऐनले कुन पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ । माधव नेपालको बहुमत पुग्दैन भनेर उहाँले भन्ने हो रु परीक्षण कहाँ भएको छ रु दृढ बच्चाजस्तै राष्ट्रपतिले नाइँ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्: