Bagmati Samachar Logo

ओली पक्षको स्थायी कमिटी बैठक सकियो, १२ जना नेतालाई सोधेको स्पष्टीकरण बारे मौन

काठमाडौं । नेकपा एमाले ओली पक्षकको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटरामा बसेको ओली पक्षीय स्थायी कमिटीको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा यसअघि स्पष्टीकरण सोधिएका १२ नेताहरुबारे भने कुनै छलफल नभएको उनले बताए । जब कि पार्टीको अनुसासन विपरित विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनेर एक हप्ता पहिला १२ खनाल नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।

सोमबार साँझ दुबै पक्षका दोस्रो तहका नेताहरुले याक एण्ड यति होटलमा छलफल भएको थियो । तर सोमबारको वार्ताले ठोस निर्णय भने केहि गर्न सकेको थिएन । पार्टीलाई २०७५ साल २ जेठमा पुगाउने विषयमा छलफल भएको बताइएको छ ।

एमालेले पार्टी एकता बचाउने भन्दै जेठ २ गते १० सदस्यी कार्यदल गठन गरेको थियो । तर माधवकुमार नेपाल र भिम रावलालाई पार्टीको साधारण सदस्य पनि नरहेन गरी कारवाही गरेपछि कार्यदल निस्क्रिय बनेको छ ।जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा नरहेको प्रवक्ता ज्ञवालीले  बताए ।

ज्ञवालीले भने ‘कारबाहीमा परेकाहरु लाई चाहिँ समेट्न सकिँदैन भन्ने निष्कर्ष बैठकले निकालेको छ तर पनि उहाँहरु फर्कनु भयो भने राम्रो नै हो । उहाँहरुले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई बडो गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ । उहाँहरुको व्यवहारले पार्टी एकताको प्रयासमा भन्दा विभाजनमा बल पुग्छ तर पनि हामीहरु पार्टी एकताकोलागि कोशिस जारी राख्छौ ।’

बागमती र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका माधव नेपाल पक्षले भने विपक्षी गठबन्धन संग मिलेर बागमतिमा आफ्नो तर्फबार उम्मेदवार उठाएर ओली पक्षका उम्मेदवार रामबहादुर थापालाई हराए । लुम्बिनी प्रदेशमा गठबन्धनसंग मिलेर कांग्रेसका उम्मेदवारलाई जिताएका छन् ।

बैठकमा पार्टीमा अन्तरघात भएका विषयमा छलफल भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।