Bagmati Samachar Logo

देउवालाई प्रधानमन्त्री नियुक्तिको माग दाबीको विपक्षी गठबन्धनको रिटमा १४६ सांसदको हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि दायर हुने रिटमा १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

शुक्रबार देउवाको पक्षमा नेकपा एमालेका २६ जनाको हस्ताक्षरसहित १ सय ४९ जनाको नाम राष्ट्रपति समक्ष पठाइएको थियो । तर आज भने १ सय ४६ जनाको हस्ताक्षर सहित रिट दायर गर्ने भएका छन् ।

सोमबार रिट दायर गर्ने समयमा एमालेका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेनन् ।

रिट निवेदनमा नेपाली कांग्रेसका ६१,माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।