एक सय ४९ सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवा प्रधानमन्त्रीको दावी गर्दै
काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दावी गर्ने भएका छन् । देउवाको पक्षमा आफ्नै पार्टीका ६१, माओवादी केन्द्रका ४९, जसपाका १३, नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनालका २७ सांसदहरुले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्: