ओली पक्षीय एमालेको निस्कर्षः चुनाव नै उपयुक्त विकल्प
काठमाडौं । नेकपा एमालेको ओली पक्षलले निर्वाचन अहलिेको अवस्थामा उपयुक्त विकल्प भएको निस्कर्ष निकालेको छ । आजबाट बालुवाटारमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत प्रतिवेदनमा निर्वाचन नै अलिहेको उपयुक्त निकास भएको उल्लेख गरेको छ ।
बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा भनेको छ ‘परिस्थितिलाई सकारात्मक दिशामा लैजान हामीले खेलेको भूमिका र प्रतिनिधिसभा पुनःस्थापनाप्रति हाम्रो दृष्टिकोण तथा अहिले देखा परेको जटील परिस्थितिलाई मध्येनजर गर्दै सकारात्मक दिशामा अगाडि बढाउनका लागि पनि ताजा जनादेश नै उपयुक्त विकल्प हो ।’
आजको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, एमालेको केन्द्रीय महाधिवेशनमा मनोनित भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् ।
एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ ।
यस्तो छ राजनीति प्रतिवेदन



प्रतिक्रिया दिनुहोस्: