आफैले गरेको निर्णय प्रधानमन्त्रीबाट नै पहिला उल्लंघन
काठमाडौं । प्रधानमन्त्रले नै सबै भन्दा पहिला नियम कानून उल्लंघन गर्छन भन्दा पत्यार लाग्दैन होला । तर नेपालमा भने सबै भन्दा पहिला प्रधानमन्त्री नै आफ्नै मन्त्रीपरिषदको निर्णय तीन घण्टामा नै उल्लंघन गरेका छन् ।
प्रधानमन्त्री ओलीले नै सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएर कोरोना संक्रमणको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने, अनलाइन कक्षा चलाउने, पार्टी प्यालेस, जिमहललगायतमा सरकारको मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गराए ।
त्यसको तीनघण्टा पनि बित्न नपाउँदै सय बढी एमालेका केन्द्रीय सदस्य बालुवाटारमा नै बोलाएर पार्टीको बैठक र।खे ।
आफैले निर्णय गरेर सर्वसाधरणलाई पालना गर्न लगाउने ओली सरकारको निर्णय त्यहि सरकारका प्रधानमन्त्री,मन्त्री र नेताहरुले सबै भन्दा पहिला उल्लंघन गरेपछि चौतर्फि रुपमा विरोध हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्: