Bagmati Samachar Logo

पत्रकार महासंघ बागमती प्रदेशमा निर्वाचित पदाधिकारीले गरे सपथग्रहण

हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीहरुको आज शपथ ग्रहण भएको छ ।
पत्रकार महासंघ बागमती प्रदेशका निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेको छ । अध्यक्ष शिव देवकोटा महासचिव कृष्ण सारु मगर लगायत पदाधिकारीहरुले पदभार पनि ग्रहण गरेका छन् ।

यसैगरी प्रदेश समितिको पहिलो बैठक हेटौंडामा बसेको छ । अध्यक्ष देवकोटाले आफ्नो कार्यकालमा सातै प्रदेशको भन्दा नमूना कार्य गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष देवकोटाले प्रदेशमा संचार ग्राम, स्थानीय तहको विज्ञापन स्थानीय मिडियालाई समानुपातिक ढंगले वितरण गर्ने जस्ता कार्यहरुको सुरुवात गर्ने बताए ।

यसअघिका अध्यक्ष प्रताप विष्टले बामगती प्रदेशले सबै जिल्लाका पत्रकाहरुको लागि काम गर्ने जग बसालेको बताए । उनले बागमती प्रदेशका पत्रकारहरुको लागि पेन्सन कोष, उपचार कोष लगातयका कार्यान्वयन हुन नसकेका जिम्मेवारी समेत हस्तान्तरण भएकोे जनाए ।