Bagmati Samachar Logo

तीन दलको बैठकः प्रचण्ड पुगे बूढानीलकण्ठ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणका लागि तीन दलको बैठक बोलाएका थिए । बैठक कांग्रेस, माओवादी केन्द र जसपाको थियो ।
उक्त बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । तर जसपाका नेताहरु भने अहिलेसम्म देउवा निवास पुगेका छैनन्
बैठककालागि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु पनि बुढानिलकण्ठ पुगेका कांग्रेसका एक नेताले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् ।
देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए ।

राजनिति अन्यौलाता कायम नै रहेपछि देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न पहल गरेका छन्। तर जसपाका नेता बुढानिलकण्ठ नपुगेकाले छलफल सुरु नभएको काँग्रेसका एक नेताले जानकारी दिए ।