झलनाथ खनालले भनेजसको विचार उसको नेतृत्व नहुदा एमालेमा समस्या
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा जसको विचार उसको नेतृत्व नहुदा पार्टीमा समस्या आएको बताए । उनले काठमाडौं जिल्लाको समानान्तर कमिटीको घोषणा सभामा एकमालेको नवौँ महाधिवेशनबाट जसको विचार उसैले पार्टीको नेतृत्व नगर्दा समस्या भएको बताए ।
खनालले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पार्टीको नेतृत्वमा पुग्न नै समस्या भएको आरोप लगाए । उनले ओली एमालेको छठौं महाधिवेशनबाट दक्षिणपन्थी भड्काउमा लागेर गुटबन्दी सुरु गरेको आरोप लगाएका ।
उनले भने ‘छठौं महाधिवेशन बाट मौलाएको ओलीको गुटबन्दी बलियो बन्दै जाँदा नवौं महाधिवेशनमा पार्टी नै कब्जा भएको भयो ।’ ओलीले सत्तामा पुग्ने र पद प्राप्त गर्नेमात्र ध्याउन्न रहेको बताए । कसरी सत्ता र पदमा पुग्ने भन्ने ध्याउन्न भएपछि नसंगठन बिस्तार भयो नविचार निर्माणबारे काम भयो ,उनले भने‘ ओली सत्ता र पदकोलागि मात्र काम गर्छन । पार्टी विचार उनकालागि भ¥याङ मात्र भयो ।’
एमालेमा भएको विवादमा समाजवादमा जाने र दक्षिणपन्थी अवसरवादमा रमाएकाहरुबीच भएको बताए । उनले ओली पक्ष दक्षिणपन्थी अवसरवादबाट निर्देशित रहेको भन्दै आफ्नो पक्षले समाजवादको लक्ष्यसम्म पुग्ने दृढ संकल्प बोकेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्: