ओलीसंग दृढताका साथ लड्छौ, कुनै हालतमा झुक्दैनौः नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसामू नझुक्ने बताएका छन् । । आफ्नो पक्षको काठमाडौं जिल्ला पार्टीको समानान्तर कमिटी घोषणा कार्यक्रममा ओली सामू नझुक्ने दृढताका साथ छाति खोलेर लड्ने बताए ।
उनले भने ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ । तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाति खोलेर लड्छौँ । जितेर छाड्छौँ । कम्युनिस्ट आन्दोलन रक्षा गर्छौं ।’
नेकपा एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव केपी ओलीले हराएको आरोप लगाएका छन् ।
उनले भने ‘केपी ओलीले नै वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराएका हुन । ओलीका मानिसले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, ओली बदलाको भावनाले चल्ने पूर्वाग्रही व्यक्ति हुन् । हामी त्यस्तो पार्टी बनाउँदैनौँ ।’
ओलीको प्रवृति स्मरण गदै नेपालले पहिलो पटक प्रधानमन्त्री हुदा प्रचण्डको साथ मागे तर आफूले छोड्ने समय आउदा नछोडेको जिकिर गदै भने ‘०७२ सालमा आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले प्रचण्डसँग सहमति गर्नुभयो । प्रचण्डको पालो आएपछि छाड्दिनँ भन्नुभयो । मैले पद छाड्नुस् प्रधानमन्त्री प्रचण्डलाई दिनुस्, त्यसो गर्दा हाम्रो पार्टी पनि सरकारमै रहन्छ भनेको थिए, सुरुमा हुन्छ भन्नुभयो । तर पछि फेरि बोली फेर्नुभयो । त्यसपछि कांग्रेस र माओवादी मिले, एमाले सरकारबाटै बाहिरियो ।’
उनले ओली आफूलाई नभएपछि कुर्सि नै भाच्ने प्रवृतिका मानिस हुन ।
प्रतिक्रिया दिनुहोस्: