कैलालीको खुटिया गदरिया हुँदै फूलबारी जोड्ने ‘रणनीतिक सडक बन्ने’
काठमाडौं । निर्वाचन क्षेत्र ‘रणनीतिक सडक’ कार्यक्रम अन्तरगत कैलालीको खुटिया देखी फूलवारीसम्म जोड्ने महत्वपूर्ण सडक निर्माण हुने भएको छ ।
शनिबार प्रधानमन्त्री केपि शर्मा ओलीले काठमाण्डौंबाटै कैलाली लगायत देशका १ सय ६५ वटा स्थानमा रणनीतिक सडकको घोषणा गरेका हुन ।
प्रधानमन्त्रीको घोषणासंगै कैलालीमा महत्वपुर्ण मानिएको रणनीतिक सडक छिटै बन्ने छ । कैलाली क्षेत्र नम्बर–५ का संसद नारदमुनी रानाको विशेष पहलमा सडक निर्माण भएको हो । रणनीतिक सडक निर्माणका लागि यस अघि पनि थुप्रै सांसदहरुले पहल गरेपनि यो योजना सफल हुन सकेको थिएन ।
उक्त सडकले धनगढी उप–महानगरपालिका स्थित खुटिया पुलदेखी धनगढी बेलि पुल हुँदै उर्मा –भादा, गदरिया, वनकट्टा देखी फूलबारीसम्म जोड्ने छ ।
सडक निर्माणका लागि २५ करोड बजेट छुट्याइएको छ । सो सडक निर्माणका लागि ५० करोड बजेट आवश्यक पर्ने भएपनि यस अघिनै सांसद विकास कोष मार्फत सोही सडकको केही भाग निर्माण भइसकेका कारण अहिले २५ करोड बजेट आवश्यक पर्ने कैलाली क्षेत्रनम्बर–५ का सांसद नारदमुनी रानाले बताए ।
सडक निर्माण भएपछि स्थानीय स्तरको व्यापार वृद्धि हुनका साथै कृषि उपजको व्यापारी करणमा सहयोग पुगने बताउँदै सांसद रानाले सडकले ग्रामिण विकासमा ठुलो टेवा पुग्ने बताए ।
‘यो सडक निर्माण गर्ने घोषणा यस अघि थुप्रै पटक भएका थिए ,तर सफल हुन सकेको थिएन, रानाको विशेष पहल पछि यस पटक भने बन्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: