Bagmati Samachar Logo

ओली २५ औँ वर्षदेखि विदेशीबाट पालित–पोषित पात्र हुन्: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली विदेशीबाट पालित–पोषित पात्र भएको बताएका छन् ।

५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रममा उनले भनेउक्त कुरा बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको छ । ‘संविधानलाई कसरी असफल बनाउने ,माओवादी आन्दोलनबाट प्राप्त समावेशी , समानुपातिक पद्धतिलाई सक्न चाहने देशभित्र र देश बाहिरका गणतन्त्र विरोधीहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका,’प्रचण्डको भनाई छ ।

संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको प्रचण्डको आरोप छ ।

ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ । ‘ २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित गरेको पात्र केपी नै देखिए । अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन,’प्रचण्डको भनाइ छ ।

केपीले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम हत्या गर्न थालेपछि विद्रोहको झण्डा आपूmले उठाएँको उनले बताए । उनले भने ‘केपी ओलीले ठग्ने काम मात्रै गरेपछि मैले १९ पृष्ठ लामो दस्तावेज ल्याएको हो ।’

अहिले संविधानलाई मार्ने, क्रियाशील हुन नदिने, कार्यान्वयन हुन नदिने कसरत भएको पनि प्रचण्डले बताए ।