एमाले विवाद उत्कर्षमा: महिला पछि युवा संघमा समानान्तर कमिटी,विद्यार्थीमा पनि बन्दै
काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच भएको विवादले जनवर्गीय संगठनहरुमा समानान्तर कमिटी बनाउने काम सुरु भएको छ । ७ गते राजधानीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका युवा संघ नेपालले राष्ट्रि भेला गरेर समानान्तर कमिटी गठन गरेको छ ।
४ र ५ गते ललितपुरमा पार्टीको राष्ट्रिय भेला गरेर हरेक कमिटीमा समानान्तर कमिटी बनाएर जाने निर्णय गरेको छ । निर्णय गरेको दोस्रो दिन जयन्ति राइको संयोजकत्वमा अखिल महिला संघमा समानान्तर कमिटी गठन गरेको थियो । ७ गते युवा संघको भेला गरेर नरेशकुमार शाहिको नेतृत्वमा युवा संघको समानान्तरक कमिटी गठन गरेको । जसमा महासचिव दिपक जीएम , वरिष्ठ उपाध्यक्ष क्रान्ति बुर्लाकोटी ,उपाध्यक्ष प्रकाश रोकायालागयत ९ जना उपाध्यक्ष, संजिप राई , अभ्विका पौडलेलगात ८ जना उपमहासचिव , दिपक दवाडी कोषाध्यक्ष र ३१ जना सचिव बनाएको छ ।
ओली पक्षले एकलौटी रुपमा २६ माघमा युवा संघको भेला गरेर बचन सिंहको संयोजकत्वमा कमिटी गठन गरेको छ ।
विद्यार्थीमा पनि १० गते राष्ट्रिय भेला गरेर समानान्तर कमिटी बनाउने तयारी पुरा भएको नेता सुदेश पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: