Bagmati Samachar Logo

ओली पक्षले गर्‍यो नेपाल पक्षलाई कारवाही, एकलौटी नयाँ नियुक्ती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको जिम्मेवारी खोसेको छ ।

ओली पक्षको आज बालुवाटारमा बसेको बैठकले नेपाल खनाल पक्षका सबैलाई पदाधिकारीबाट हटाएको छ ।
आजको बैठकबाट रामबहादुर थापा बादल पक्षका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बादललाई एमालेको वागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । लेखराज भट्टलाई सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज बनाएको छ ।
वागमति प्रदेश इन्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ । गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ,लुम्बीनी प्रदेश इन्चार्जमा शंकर पोखरेल,कर्णाली प्रदेश इन्चार्ज मणि थापा,२ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र १ नं प्रदेश इन्चार्ज सुवास नेम्वाङ रहेका छन् ।

ओलीले पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । खनाल नेपाल पक्षका नेताहरुलाई हटाएर ओलीले कएलौटी रुपमा आफ्ना पक्षका नेताहरुलाई जिम्मेवारी दिएका छन्

केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार ओलीले स्कुल विभाग आफैंले राखेका छन् । संगठन विभाग प्रमुख विष्णु पौडेललाई , प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई , कोष तथा आर्थिक विभाग र सपम्र्प विभाग प्रमुखमा छविलाल विश्वकर्मा नियुक्त भएका छन् ।

विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराई र निर्वाचन विभाग प्रमुख विष्णु रिमाललाई बनाएका छन् ।