एमालेमा भाँडभैलो: ओलीको एकल निर्णयबाट सबै पदाधिकारी हटाइए
काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठकको आह्वान नै नगरी अध्यक्ष केपी ओलीले एकलौटी रुपमा सबै पदाधिकारीलाई हटाउने निर्णय गरेका छन् । यस निर्णयमा भने वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल भने बेखर छ ।
आज ओलीले आफु पक्षका केहि नेताहरुलाई बालुवाटारमा बोलाएर यस्तो निर्णय गरेका हुन । एमालेका उपाध्यक्ष समेम रहेका युवराज ज्ञवालीले भने आफुलाई बैठकबारे कुनै जानकारी नभएको बताएका छन् । ज्ञवालीले भने ‘हामीलाई थाहा नै छैन कुन कमिटीको बैठक बस्यो । कहिले बस्यो केहि थाहा छैन ।’
ओलीले भने माधव नेपाल पक्षका कुनैपनि केन्द्रीय सदस्यको उपस्थितबीना नै पार्टीका महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । जसमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज तोकेका छन् ।
आजकै बैठकबाट महाधिवेशनको मिति पनि तोकेको छ । आजको बैठक अनुसार महधिवेशन आगामि मंसिरमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा लगायतका नेताहरुलाई पनि केन्द्रीय कमिटीमा मनोनिति गरेको छ ।
प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।
नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहेको ओलीको भनाइ उदृत गदै केन्द्रीय सदस्य नारदमुनी रानाले बताए ।
ओलीले अर्को बैठक चैत ७ गते बस्ने भएको छ । ओलीले महासचिवलाई खनाल नेपाल पक्षलाई पनि ७ गतेको बैठकको जानकारी गराउन निर्देशन दिएको रानाले बताए ।
प्रतिक्रिया दिनुहोस्: