पेरिसडाँडामा नेकपाको बिदाइ बैठक, खनालले भन: फेरि भेटौंला
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको सोमबार पेरिसडाँडामा बसेको बैठक बिदाइ बैठक बनेको छ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएपछि बसेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरू अब पूर्वपार्टीमा रहेर एकताका लागि पहल गर्न सहमत भएका छन्। यद्यपि बैठकको आधिकारिक निर्णय भने आइसकेको छैन।
बैठकबाट बाहिरिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अदालतको फैसला कार्यान्वयन गर्दै आआफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालिएको छ, फेरि भेटौंला।’
उनले अदालतको फैसलालाई राजनीतिक फैसला भएको टिप्पणी गरे। उनले भने, ‘अब एमाले र माओवादी केन्द्र आआफ्नो हिसाबले एकताका लागि अघि बढ्ने हो। आजको नेकपाको यो बैठक अन्तिम हो।’
प्रतिक्रिया दिनुहोस्: